» » उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेश सिंहविरुद्ध मुद्धा हालिँदै

काठमाडौं | मधेश आन्दोलनका क्रममा राज्य विरुद्ध उग्र अभिब्यक्ति दिएको भन्दै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र कांग्रेस सांसद् अमरेशकुमार सिंह बिरुद्ध राज्यद्रोहको मुद्दा पर्ने भएको छ ।


अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले उनीहरुमाथि मुद्धा चलाउने तयारी गरेको जानकारी दिएका हुन् ।

तीन नेताले देश विरुद्ध आपराधिक अभिब्यक्ति दिएको भन्दै उनले तीन नेतालाई राज्यद्रोहको मुद्धा सर्वोच्च अदालतमा हाल्ने तयारी गरेको जानकारी दिएका हुन् ।

तीन नेताविरुद्ध मुद्धा हाल्नका लागि प्रमाण संकलन भैरहेको र यादव, महतो र सिंहले नेपाल राज्य विरुद्ध गरेको ‘अपराध’को भिडियो तथा अडियो प्रमाण संयुक्त राष्ट्रसंघ समक्ष पुर्‍याइसकेको समेत प्याकुरेलले जानकारी दिए ।

राजेन्द्र महतोले पठाए तीन दलका सांसदलाई आन्दोलनमा आउन उर्दीसहित पत्र

सदभावना अध्यक्ष राजेन्द्र महतोले तराई मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई नाबान्दीमा सहभागी हुन आग्रह गर्दै पत्राचार गरेका छन् ।

महतोले मधेस केन्द्रित दलका ११ सहित काँग्रेस, एमाले र एमाओवादीका सांसदलाई समेत नाकामा जारी धार्नामा सहभागी हुन पत्र काटेका हुन् ।

बुधबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा महतोले आन्दोलनमा आउन आग्रह गरेर आफूले मधेसका सांसदलाई पत्र पठाएको बताए । महतोले प्रमुख तीन दलका मधेसी सांसदले पार्टी छाडेर आन्दोलनमा सहभागी हुन हिम्मत गर्नुपर्ने उल्लेख गरे ।

‘काँग्रेस, एमाले र एमाओवादीका सांसदको हातमा पुग्ने गरी पत्र पठाएको छु’, महतोले भने, ‘हिम्मत गरेर आन्दोलनमा आउनुस्, मधेसी जनता फूलमालाले स्वागत गर्न तयार छन् ।’

यद्यपि आ–आफ्नै पार्टी झण्डा बोकेर आउनेलाई मधेसमा पाइला टेक्न नदिने चेतावनी उनको थियो । महतोले मधेसी मोर्चा प्रमुख तीन दल र सरकारलाई मधेस आन्दोलनको माग सम्बोधन गर्न बाध्य पार्ने गरी अन्तिम धक्काको तयारीमा जुटेको पनि बताए ।

उनले सरकार र तीन दल आफूहरुको आन्दोलनका अगाडि गलिसकेको जिकिरसमेत गरे ।

About Unknown

Hi there! I am Hung Duy and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply