काठमाडौं ।
नेपालमा बैशाख १२ को भन्दा ठूलो भूकम्प आउने भविष्यवाणी बैज्ञानिकहरुले गरेको याहू न्यूजले जनाएको छ ।
गत एप्रिल महिनामा आएको भूकम्पको तुलनामा अझै ठूलो भूकम्पको सम्भावना नेपालमा कायम रहेको बैज्ञानिकहरुलाई उद्धृत गरिएको समाचारमा उल्लेख छ ।
बैशाख १२ को भूकम्पको कम्पन सोंचे भन्दा कम रहेको गत डिसेम्बर १६ मा अमेरिकी जियोफिजिकल युनियनको बैठकमा बैज्ञानिकहरुले बताएको उक्त समचारमा उल्लेख छ ।
उक्त मिटिङमा प्रस्तुत प्रतिवदेनका सह-लेखक मध्येका एक जेफ्री कार्गेलले भनेका छन्, ‘अवस्था यो भन्दा भयानक हुन सक्थ्यो’ । भूकम्पले किन सोंचे जति क्षति पुर्याएन भन्ने विषयमा भने बैज्ञानिहरु अचम्मित परेका छन् । तर अझै पनि यो जस्तै वा अझै शक्तिशाली भूकम्पको खतरा भने नटरेको अनुसन्धानकर्ता बैज्ञानिकहरुको भनाइ छ ।
अव आउने भूकम्पले बैशाख १२ को भूकम्पले भन्दा अझै बढी कम्पन पैदा गर्ने बैज्ञानिकहरुको भविष्यवाणी छ ।
अमेरिकी भौगर्भिक विभागका अनुसार इण्डियन र एसियन प्लेटमा रहेको रप्चरमा अहिले पनि ३३ देखि ५५ फिट सम्मको दुरीमा उर्जा निस्काशित हुने शक्ति सञ्चित रहेका कारण भूकम्पको खतरा नटरेको उक्त समाचारमा उल्लेख छ ।
बैशाख १२ को भूकम्पका कारण लाङटाङ उपत्याकामा हिरोसिमामा खसेको आणविक बमको करिव करिव आधा शक्ति पैदा भएको लेखक बैज्ञानिक कार्गेलले पत्रकार सम्मेलनमा बताएका थिए ।
उक्त समाचारमा पोखरा लगायतका भ्याली शहरहरु ११०० देखि १३४४ एडीबीचमा आएका भूकम्पका कारण बनेको समेत बैज्ञानिकहरुले बताएको उल्लेख छ । अन्नापूर्ण क्षेत्रको पैदा पनि भूकम्पकै कारण भएको भनिएको छ । पोखरा उपत्याकामा पुरिएका चट्टान अमेरिकाको सनफ्रान्सिस्को शहर पुर्न मिल्ने जति रहेको समेत बैज्ञानिकहरुले बताएका छन् ।nepaliheadlines भिडियो हेर्न तलको बाकस थिच्नुहोस

No comments: