» » ओम साइको लक्कि ड्र मार्फत बिजेता घोषणा

इटहरी, ५ पुष । सुनसरीको धरानमा आफनो तेस्रो शाखा बिस्तार गरेको ओम साइ ज्वेलरीले लक्कि ड्र मार्फत बिजेता घोषणा गरेका छ । झण्डै १० बर्ष अघि तरहरामा सञ्चालनमा ल्याईएको ओम साई ज्वेलर्सले तेस्रो शाखा धरानमा बिस्तारका क्रममा सामान खरिद गर्न आउने ग्राहकहरुलाइ पुरस्कारको कुपन बितरण गरेको थियो । सोहि कुपनका आधारमा आज तरहरामा रहेको केन्द्रिय कार्यालयमा एक कार्यक्रमका बिच ज्वेवरीले बिजेता घोषणा गरेको थियो । लक्कि ड्र कार्यक्रमको उदघाटन इटहरी उपमहानगरपालिका कार्यकारी अधिकृत महेशराज तिमसिनाले गरेका थिए । शाखा उदघाटनको अवशरमा गरिएको लक्कि ड्र का लागि ४ ओटा कार्यालयबाट १ हजार बढि ग्राहकहरुले सामान खरिद गरेका थिए । जसमा धरान शाखाबाट सामान खरिद गर्ने पारु तामागं लक्कि ड्रको बिजेता घोषित भएकी छिन । उनले बिजेता भएसंगै ३५ हजार बराबरको सुनको औठि प्राप्त गरेकी छिन ।
तरहरामा प्रमुख कर्यालय रहेको ज्वेलर्सको पहिलो शाखाका रुपमा तरहरामा ,दोस्रो शाखाका रुपमा इटहरीमा र तेस्रो शाखाका रुपमा धरानमा ज्वलेर्स सञ्चालनमा ल्याएको थियो । हाल सम्म झण्डै तीन करोड लगानी गरिसकेको ज्वेलर्सको अन्य ठाउमा समेत शाखा बिस्तारका क्रममा रहेको सञ्चालक जगत लामिछानेले जानकारी दिए । कालिगढ सहित ८० जना कामदारलाई प्रत्यक्ष रोजगारी दिएको ओम साई ज्वेलर्सले उपभोक्ताको चाहना बमोजिमका गहनाका आकर्षक डिजाईनका गहनाहरु बनाउँदै उपभोक्ताको चाहाना पुरा गर्दै आएको बताईएको छ ।
कार्यक्रमको उदघाटनका अवशरमा कार्यकारी अधिकृत तिम्सिनाले स्थानीयवासीलाई प्रत्यक्ष रोजागरी समेत दिँदै आएको ओम साई ज्वेलर्सले इटहरीको तरहरामा दुई वटा र इटहरी बजारमा समेत शाखा सञ्चालनमा ल्याई सकेकोमा खुशी ब्यक्त गरेका छन । उनले ब्यावसायिले आफनो ब्यापारलाइ मात्र प्रमुख स्थान नदिइ सामाजलाइ पनि स्थान दिनुपर्ने कुरामा जोड दिए । सोहि अवशरमा तरहरा शाखाका प्रो प्रकाश लामिछाने,उद्योगा बाणिज्य संघ तरहराका उपाध्यक्ष शुर्दशन खडका,पाथिभरा एडभरटाइजिंग प्रालिका अध्यक्ष पवन अधिकारी, लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
साथमा तस्बिर समेत छ ।

About Unknown

Hi there! I am Hung Duy and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply