६ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवाह पञ्चमीको अवसरमा जनकपुरको जानकी मन्दिरमा भएको दुर्व्यवहार सम्वन्धि जनकपुर टुडेमा प्रकाशित समाचारप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
पूजा अर्चनामा संलग्न भएको विषयलाई लिएर अत्यन्तै निकृष्ट शब्दहरू प्रयोग गरी समाचार प्रकाशित भएको र यो पत्रकारिताको आचारसंहिता विपरित भएको महासंघको ठहर छ ।
‘मानवीय सभ्यता, संस्कृति र संवैधानिक व्यवस्थाका विपरीत भएका यस्ता गतिविधि र पत्रकारिताको मान्य सिद्धान्त र पत्रकार आचारसंहिताविपरीत प्रकाशन-प्रसारण हुनु खेदजनक छ,’ महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
महासंघले त्यस्तो प्रकाशन-प्रसारण गर्ने सञ्चारमाध्यमलाई गल्ती सच्याउन र प्रेस काउन्सिल नेपाललाई पत्रकार आचारसंहिता विपरीतका प्रकाशन-प्रसारणको अनुगमन गर्न आग्रह समेत गरेको छ ।

No comments: