» »Unlabelled » परिक्षामा पास गर्दिन्छु भन्दै शिक्षकले गरे विद्यार्थीसँग यस्तो रोमान्स | लीक भयो भिडिओ [भिडियो सहित]

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पशुपतिनगरमा अवस्थित प्रगति उच्च माविका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




मावि तहमा अङ्ग्रेजी विषय पढाउँदैआएका शिक्षक टेकप्रसाद पौडेललाई सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत एक छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । नेकपा एमाले मकवानपुरका जिल्ला सदस्य तथा एमालेनिकट शिक्षक संगठनका पूर्वअध्यक्ष पौडेलले लामो समयदेखि आफ्नै छात्रालाई यौन दुर्व्यवहार गर्दैआएको भन्दै आक्रोशित विद्यार्थी तथा अभिभावकले उनलाई कुटपिट समेत गरेका छन् । शुक्रबार बिहान विद्यार्थी र अभिभावकले शिक्षक पौडेललाई  विद्यालय परिसरमै घेराउ गरेर कुटपिट गरेका हुन् ।

छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै उनलाई विद्यार्थी र अभिभावकले विद्यालय परिसरमै कुटपिट गरेपछि प्रहरीले घटनास्थलमा हस्तक्षेप गरी पौडेललाई नियन्त्रणमा लिई प्रहरी कार्यालय पुर्‍याएको थियो ।

शिक्षक पौडेललाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लैजाने क्रममा स्थानीयवासी र विद्यार्थीले कुटपिट गरेपछि प्रहरीसँग समेत झडप भएको थियो । प्रहरीले विद्यार्थी तथा स्थानीयमाथि लाठी प्रहार गरे छ ।

झडपमा केही प्रहरी र पाँच विद्यार्थी तथा सर्वसाधारण घाइते भएका छन् । घाइते हुनेमा प्रहरीतर्फ प्रहरी नायव निरीक्षक ध्रुवराज राउत तथा प्रहरी जवानद्धय वीरबहादुर थापा र कृष्णदेव यादव छन्  । त्यस्तै प्रगति उच्च माविमा अध्ययनरत १८ वर्षका दीपेशकुमार महतो, १८ वर्षिया अजिता ढकाल, १७ वर्षकी सुशीला केसी, १६ वर्षिया संगिता लामिछाने र २० वर्षिया सीमा ढुङ्गाना घाइते भएका छन् ।

छात्रामाथि दुर्व्यवहार गर्ने शिक्षकको बचाउ गर्न खोजेको भन्दै आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यालय, पशुपतिनगरको बा १ झ ७४४६ नम्बरको भ्यानमा तोडफोड गर्नुका साथै शिक्षक पौडेलले प्रयोग गर्नेगरेको मोटरसाइकलमा आगजनी गरे । मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

घटनाको विरोध र प्रदर्शन

विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेकोमा विरोध जनाउँदै मकवानपुरका विभिन्न विद्यार्थी संगठनले हेटौंडामा विरोध प्रदर्शन गरेका छन् । शुक्रबार हेटौंडा ९ पशुपतिनगरस्थित प्रगति उच्च माविमा भएको यौन दुर्व्यवहारको घटना र बुधबार थाहा नगरपालिकाको सेतीगणेश निमाविमा भएको घटनाका दोषीलाई सख्त काबाही गर्नुपर्ने माग गर्दै कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, एकीकृत नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) र राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनलगायतले विरोध प्रदर्शन गरेका हुन् ।


  यौन दुर्व्यवहारमा संलग्न भएको आरोप लागेका शिक्षकमाथि अनुसन्धान गरी कार्बाहीको दायरामा ल्याउन उनीहरुले माग गरेका छन् । पशुपतिनगरको प्रगति उच्च माविबाट निकालिएको र्‍याली हेटौंडा बजार परिक्रमा गरी सीमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै विद्यार्थी नेताहरुले विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कार्बाही नगरिए कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

जनताले नै कारबाही गर्ने विप्लव माओवादीको चेतावनी


नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले विज्ञप्ति निकाल्दै छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कडा कार्बाही गर्न माग गरेको छ । माओवादीका जिल्ला सेक्रेटरी ज्वालाले हस्ताक्षर गरेको विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिनमा बाधा पुर्‍याई यौन दूराचारीलाई छुटकारा दिने तथा पीडितलाई उचित न्याय नदिने खेल भएमा जनताले नै कार्बाही गर्ने चेतावनी दिइएको छ ।

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि विज्ञप्ति जारी गर्दै घटनाका दोषीलाई कार्बाहीको माग गरेको छ । एमाले अखिलले प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि विद्यालय परिसरभित्रै प्रहरीले गरेको दमन र हस्तक्षेपको समेत भत्सर्ना गरेको छ ।

प्रगति उच्च मावि भूपू विद्यार्थी संगठनले घटनाको सत्यतथ्य छानविन गर्न उच्चस्तरीय समिति निर्माण गर्नुपर्ने माग गरेको छ ।

झडप नियन्त्रणमा लिनका लागि प्रहरीले चार सेल अश्रुग्यास समेत प्रहार गरेको थियो । यसअघि आरोपी शिक्षक पौडेल प्रहरीको सुरक्षाका बीच पनि कार्यालयकै एक कोठामा टेबुलभित्र लुकेर अनुहार छोपी बसेका थिए । छात्रालाई दुर्व्यवहार गर्ने शिक्षकलाई कार्बाहीको माग गर्दै हेटौँडामा विभिन्न समूहले प्रदर्शन गरेका छन् । ९ कक्षामा अध्ययन गर्दादेखि नै ती छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको अभिभावकको आरोप छ ।

छात्राले अभिभावकलाई शिक्षकले दुर्व्यवहार गर्नेगरेको जानकारी फोन रेकर्डबाट पाएका थिए । त्यसपछि घटना सार्वजनिक भएको हो । घटना सार्वजनिक भएसँगै शिक्षक पौडेलको विषयमा यसअघि भएका यस्तै प्रकृतिका घटनाको विषयमा समेत चोक–चौतारामा कुरा हुन थालेका छ । एमालेनिकट शिक्षक संगठनका निवर्तमान जिल्ला अध्यक्ष पौडेलले यसअघि पनि यस्तै हर्कतहरु गर्ने गरेको जानकारहरुको भनाइ छ ।

यसअघि बुधबार मकवानपुरको थाहा नगरपालिकास्थित सेतीगणेश निमाविमा अध्यापनरत शिक्षक दिनेश सुवेदीले आफ्नै छात्रामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा बुधबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सुवेदीमाथि कार्बाहीको माग गर्दै स्थानीयले विद्यालय घेराउ गरी तोडफोडमा उत्रेका थिए । खबर डबलीले समाचारमा उल्लेख गरेको छ ।

About Unknown

Hi there! I am Hung Duy and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply