कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने उखानलाई चर्चित गर्ने यो व्यवस्था हाम्रो हाँडीगाउँको भने होइन । छिमेकी भारतको हिमाचल प्रदेशस्थित कुल्लुको मलाणा गाउँ त्यस्तो गाउँ हो जहाँका कुनैपनि चिजलाई बाहिरी मानिसले छोएमा १ हजार भारु जरिवाना तिुर्नपर्छ । अर्थात् यो गाउँका कुनैपनि चिजलाई हातले छुन बाहिरी मानिसहरुलाई सख्त मनाही छ ।
यो गाउँमा दुइ हजार वर्षदेखि विश्वकै सबैभन्दा पहिलो लोकतान्त्रिक व्यवस्था अहिले पनि कायम रहेको बताइएको छ ।
यो गाउँका गाउँलेहरु अहिले पनि आफुलाई विश्वविजेता सिकन्दरको सेनाको वंशज ठान्दछन् । यहाँका मानिसहरुले आफ्नो भाषामा समेत गि्रक शब्दहरुको प्रयोग गर्दछन् । त्यहीँ भएर होला भारतको हिस्सा हुनुका बाबजुत यो गाउँको परम्परा र संस्कृति नितान्त बेग्लै छ ।
यो गाउँका ठाउँठाउँमा बोर्डहरु राखिएको छ र त्यसमा लेखिएको छः गाउँका कुनैपनि चिजलाई छुन मनाही छ । कुनैपनि चिजलाई छुनुभयो भने तपाइँसँगबाट जरिवाना असूल गरिनेछ ।
यो गाउँमा मुगल सम्राट अकबरको पुजा समेत हुने गर्छ । यो गाउँको विचित्र परम्पराकै कारण गाउँमा हरेक वर्ष हजारौँ पर्यटक आउँछन् तर गाउँका कुनैपनि चिज हातले छुन भने पाउँदैनन् । कतिपय विदेशी पर्यटकले भने जरिवाना तिर्नकै लागि गाउँका चिजविजहरु हातले छोइदिन्छन् पनि । धेरैले भने गाउँमा घुमेर आँखाले सबै दृश्य हेरेर मात्र फर्किन्छन् ।
No comments: