» » तेल चोरेर बेच्दै गर्दा आयल निगमका सात ट्याकर चालक-सहचालक पक्राउ


पुस, काठमाडौं । जोगवनीबाट ल्याएको इन्धन बाटोमा नै बेच्ने क्रममा नेपाल आयल निगमका सात ट्यांकर र चालकलाई प्रहरीले रंगहात पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सातवटै ट्यांकरमा २० हजार लिटरका दरले डिजेल थियो । जोगवनीबाट ल्याएको यो डिजेल थानकोटस्थित आयल निगमको डिपोमा लैजानु पर्ने थियो ।
तर, धादिङको थाक्रेमा सिल तोडेर बेच्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । २ वटा सिल तोडिएको थियो । अरु तोड्न बाँकी रहँदा नै हामीले नियन्त्रणमा लिएका छौं’ प्रहरीले भनेको छ ।
प्रहरीका अनुसार यूनिक मोजमस्ती नाम गरेको होटलमा तेल कारोबार भइरहेको थियो । प्रहरीले ट्यांकरबाट निकालिएको ५९५ लिटर डिजेल समेत बरामद गरेको छ ।
चालक र सहचालकले १५० रुपैयाँ लिटरका दरले बेच्दै गरेको अवस्थामा प्रहरी पुगेको थियो । प्रहरीका अनुसार प्रारम्भीक अध्ययनका क्रममा चालकहरुले रहेक पटक यसरी तेल चोरी गर्ने गरेको पाइएको छ ।
प्रहरीले छ वटा ट्यांकरका चालक र सहचालकलाई पक्राउ गरेको छ । एउटा ट्यांकरका चालक फरार छन् भने सहचालक प्रहरी नियन्त्रणमा छन् ।
होटल संचालकसहित १५ जना हिरासतमा रहेको धादिङ प्रहरीले जनाएको छ ।

About Unknown

Hi there! I am Hung Duy and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply